काठमाडौ २० असार । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले मन्त्री हेरफेरको विषयमा गरेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न भन्दै गरेको प्रस्ताव अस्विकार गरेका हुन् ।
आइतबार यादवले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर कृषिमा मृगेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम प्रधानमन्त्री देउवालाई पठाएका थिए ।
आफ्नो सहमति विपरित मन्त्री हेरफेरको गरेको प्रति आपत्ती जनाएका बाबुरामको प्रस्ताव देउवाले अस्विकार गरेपछि सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहणसमेत गरिसकेका छन् ।