काठमाडौँ :
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह एकाएक भाइरल बने । उनी भाइरल बन्नुको कारण हो एउटा टिकटक भिडियो । जिल्ला नेतृ टिका वलीको अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएसँगै अनेक टिका टिप्पणी गरियो । अन्तत उनै नेता शाहले आफूमाथि अन्याय भएको भन्दै पज्ञकार सम्मेलन गरेका छन् ।
उक्त भिडियो आइतबार भाइरल बने लगत्तै सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले टिकटक भिडियो प्रविधिको दुरुपयोग गरेर आफ्नो खिल्ली उडाइएको बताए । उनले उक्त भिडियोमा आफ्नो कुनै भूमिका नभएको भन्दै आँफुमाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको बताए ।
आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेता शाहले उक्त भाइरल भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए । ‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ । सो अवसरमा नेता शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे ।