दुई हिरोलाई एक साथ लिएर किन लण्डन उडे नायिका साम्राज्ञी र गरिमा — OSNepal

दुई हिरोलाई एक साथ लिएर किन लण्डन उडे नायिका साम्राज्ञी र गरिमा

LC (KTM) July 04, 2022 0

काठमाडौं :

नायका साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार लण्डन उडेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ गएका छन् । फिल्म ‘लण्डन टु पेरिस’ छायांकनका लागि उनीहरु लण्डन उडेका हुन् ।

फिल्मको छायांकन लण्डन, म्यानचेस्टर र वेल्समा हुनेछ । फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । आगामी सातादेखि फिल्मको छायाकंकन हुने छ । यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी गरिमाले आफू वर्कसपको बेला नर्भस भएपनि आत्मविश्वास जगाउन साम्राज्ञीले सघाएको बताइन् ।

उनीहरु एकअर्कालाई दिदीबहिनी भनेर सम्बोधन गरिरहेका थिए ।कालो चश्मा र कालै पहिरनमा साम्राज्ञी एयरपोर्टमा हट देखिएकी थिइन् । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर