काठमाडौं –
फ्रान्सको एक फिल्म नेपालमा खिचिने भएको छ । ‘दिग्बी’ नामको फ्रान्सेली फिल्म नेपालमा छायांकन हुन लागेको हो काठमाडौं र सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको नाम्चे क्षेत्रमा फिल्मको छायांकन हुने निर्देशक एलन सिमोनले बताए ।
सिमोनले लोकेशन खोज्ने शिलशिलामा नेपाल आएका बेला काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सेली भाषामा बन्ने फिल्मको बारेमा बताएका थए । आगामी मार्चदेखि फिल्मको निर्माण सुरु हुनेछ । फिल्ममा नेपाली कलाकारहरुको समेत अभिनय रहनेछ । ३५ दिनको छायांकन सेड्युलमा रहेको छ ।
फिल्मको ९० प्रतिशत नेपालमा र बाँकी १० प्रतिशत फ्रान्समा छायांकन हुने फिल्मका लेखक समेत रहेका सिमोनले जानकारी दिए । आगामी मार्चदेखि फिल्मको निर्माण सुरु हुनेछ ।
नेपालमा एक सारंगीवादक बालकसँग भेट भएपछि आउने परिवर्तन फिल्मको कथावस्तु हो । नेपाली पात्रका लागि चाँडै कास्टिङ हुने जनाइएको छ ।