विज्ञको सुझाब लिन विपक्षी नेता राहुल गान्धीको प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह — OSNepal

विज्ञको सुझाब लिन विपक्षी नेता राहुल गान्धीको प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह

LC (KTM) June 18, 2021 0

नयाँ दिल्ली-भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनर्निर्माण सुरु हुने दावी गर्नुभएको छ । कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उहाँले बताउनुभयो । भारतको गरिबीको बारेमा विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै कोभिड महामारीको बेला विश्वव्यापी गरिबीबारे सार्बजनिक तथ्याङ्कमा भारतमा गरिबीको हिस्सा ५७.३ प्रतिशत रहेको भन्ने विवरण सबैको चासोको बिषय भएको गान्धीले बताउनुभएको छ ।

गान्धीले ट्वीटरमा प्रतिवेदनको आधारमा सार्वजनिक प्रतिक्रियामा भनिएको छ, “यो सरकारको महामारीलाई व्यवस्थापन गर्दा भएको कमजोरीको परिणाम हो तर हामीले भविष्य हेर्नु पर्छ । प्रधानमन्त्रीले आफ्ना गल्तीहरूलाई स्वीकारेर विज्ञहरूको सहयोग लिने बित्तिकै हाम्रो देशको पुनर्निर्माणको थालनी हुनेछ ।”

“तथ्याङ्कलाई अस्वीकार मात्रै गरेर कुनै समस्या समाधान हुँदैन,” उहाँले थप्नुभयो । गान्धीले उक्त रिपोर्टको ग्राफ उद्धृत गर्नुभयो र भन्नुभयो, “महामारीको समयमा विश्वव्यापी गरिबीको वृद्धिमा भारतको भूमिका उल्लेख्य छ । गरिब र मध्यम आय वर्गका लागि विश्वव्यापी परिवर्तनको हिस्सा क्रमशः ५७.३ प्रतिशत र ५९.३ प्रतिशत रहेको छ ।” विश्वव्यापी गरीबी रेखा मुनि परेका वा मध्यम आय समूहबाट बाहिर निस्केको उक्त हिस्सा भारतको लागि पनि चिन्ताको बिषय बनेको गान्धीको धारणा छ । (रासस÷पीटीआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर