२४ घण्टामा प्रदेश नं १ मा एक हजार २९९ जनाले जिते कोरोना — OSNepal

२४ घण्टामा प्रदेश नं १ मा एक हजार २९९ जनाले जिते कोरोना

LC (KTM) June 18, 2021 0

विराटनगर-पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन् सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् । हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३ नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।

आपत्कालीन आवास सञ्चालनमा:- भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा जिल्लामा नै पहिलो पटक आवास प्रयोगमा ल्याएको हो ।

भरतपुर–२८ सञ्चालनमा ल्याइएको सो आवास शिलन्यास भएको १८ महिनामा नै भवन सम्पन्न भएको महानगरले जनाएको छ । रु १ करोड ७२ लाखमा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार सो आवासको ६ कठ्ठा ५ धुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल ओटेको भवनमा अत्याधुनिक अलगअलग महिला र पुरुष शौचालय समेत रहेको छ । साथै भवनमा एकपटकमा २०० जना राख्न सकिने जनाइएको छ । भवनको महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर