वर्षाको कारणले घर भत्किएपछि घर बिहिन बनेका मुखियालाई सहयोग गरिदिन आग्रह — OSNepal

वर्षाको कारणले घर भत्किएपछि घर बिहिन बनेका मुखियालाई सहयोग गरिदिन आग्रह

LC (KTM) June 18, 2021 0

प्रमोद सहनी रौतहट /रौतहको मौलापुर नगरपालिका वार्ड नं ७ पथरा बुधराम घर भएको विशुनदयाल मुखिया बिन एक वर्ष देखी अत्यन्तै दुःखरपिडामा छ्न ।
मुखिया परिवारको नाममा एक धुर जग्गा जमीन पनि नभएको बताए उनले भने यो लॉक डाउनमा बिहान बेलुकाको छाक टार्नरमुख हात जोर्न ठूलो समस्या परेको हो।

कोभिड १९ ले गर्दा झन् बढी समस्यामा परेको हो। मुखियाको घर एक वर्ष अगाडी नै वर्षाको कारणले भत्किएर क्षति ग्रस्त भएको थियो र मुखियाको सम्पूर्ण परिवार नजिकको सामुदायिक भवनमा एक वर्ष देखी बस्दै आइरहेका छ्न। र सो घर बाउन मुखियाले कुनै श्रोत नभए पछि आफ्ना आफ्न्त तथा इष्टमित्र नातेदारहरूसँग सहयोग मागेर बनाएको थियो ।

यही बिच अहिलेको भिषण वर्षाको कारणले फेरी घर भत्केर क्षति ग्रस्त भएको छ। मुखिया परिवारको घर नभएको कारण पूरै परिवार फेरी सामुदायिक भवनमा बस्न पुगेको छ र अब घर बनाऊन कुनै श्रोत र साधन नभएकोले सहयोग गर्न आग्रह गरेका छन्। सेवा नै धर्म हो भनेर सहयोगी दाताहरुसङ दसौँ औंला जोडी सहयोग गरिदिनु हुन र हामी गरीब परिवारको घर बसाई दिन सम्पूर्ण सहयोगीहरुसंग आग्रह गरेका छन्।सहयोग गर्ने इच्छुक ब्यक्तिहरूले यो नंबरमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ।
मो नं स्- ९८४५३७५४४८ , ९८१६२७५७५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर