आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज पनि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) June 18, 2021 0

काठमाडौं-आज विहान वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै वाग्मती प्रदेश र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश र प्रदेश १ भारी वर्षा हुन सक्ने भएकाले यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर