यतिबेला नेपालमा रियालिटी शो को लहर र लहड नै चलेको छ । यस्तै शो मध्येको एक हो ¥याप ब्याटल नेपहपको श्रीपेच । यस शो ले बिजेता समेत पाईसकेको छ । यस शो को उपाधी भाइबर साइमनले प्राप्त गरे । अब पछिल्लो समय उनले लगाएको श्रीपेचका बिषय बिबादमा तानिएको छ । शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ ।
विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मुकुट लगाइदिएका थिए । सोही मुकुट अर्थात श्रीपेचका बिषयमा बिबाद आएको हो । संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने बताएका छन् । अब यसैको बिरोध सुरु भएको छ ।
संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्याप ब्याटर जितेर पाउने कुरो होइन । यो मुखःमा बञ्चतथागत रहेको हुनाले बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुख हो । उनले यसको आवश्यकता र महत्वलाई ध्यानराख्न समेत सुझाव दिएका छन् ।