काठमाडौं १९ असार । नेकपा एमालेले विभिन्न १४ वटा विभागको सचिवको नाम टुंगो लगाएको छ ।
आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
जसमा वित्त तथा कोष व्यवस्थापन विभागमा डा. भीष्म अधिकारी , श्रम तथा रोजगार विभागमा जनक चौधरी मनोनित भएका छन् ।
विभाग र सचिवहरुको नाम :
-वित्त तथा कोष व्यवस्थापन विभाग : डा. भीष्म अधिकारी
-संगठन विभाग : सम्झना देवकोटा
-उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल
-श्रम तथा रोजगार विभाग : जनक चौधरी
-संसदीय विभाग : डा. सूर्य पाठक
-सामाजिक सेवा विभाग : डा. नेत्रप्रसाद तिम्सिना
-संस्कृति विभाग : राजेश थापा
-स्थानीय तह विभाग : हर्क राई
-प्रचार तथा प्रकाशन विभाग : गगन विष्ट
-परराष्ट्र मामिला विभाग : डा. अन्जान शाक्य
-संघीय मामिला तथा सामान्य प्रशासन विभाग : शिव गुरुङ
-ऊर्जा तथा जलस्रोत विभाग : पुष्प ज्योति ढुंगाना
-अर्थ तथा योजना विभाग : योगेन्द्र शाही
-कानून विभाग : डिल्लीराम मैनाली