काठमाडौं १९ असार । नेकपा एमालेले सातै प्रदेशमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष खटाउने भएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गरेको हो ।
साथै निर्वाचन लगायतका काम गर्नका लागि उपाध्यक्षहरुलाई सातै प्रदेशमा खटाइने निणर्य गरेको हो ।
एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिइने भएको छ ।
संयोजकहरुले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महंगी नियन्त्रणमा सरकारलाई दबाव दिने, लगायतका कार्यक्रम गर्नेछन् ।
त्यसैगरी, विपदमा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्ला स्तरमा हुने प्रशिक्षण कार्यक्रम समेत
संयोजकले गर्ने भएका छन् ।