काठमाडौं १९ असार । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रमा फर्किने भएका छन् ।
आइतबार माओवादी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले भट्टराई मुलघरमा फर्कने सम्भावना रहेको बताएका हुन् ।
सार्वजनिक रूपमा नै आफुले भट्टराईलाई माओवादीमा प्रवेश गर्न आग्रह गरेका उनले भने, ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,उहाँ माओवादीमा फर्कने सम्भावना छ । कुराकानी पनि भइरहेका छन् ।’
बाबुराम माओवादी जनयुद्धबाट आएका नेता भएकाले उनलाई पार्टीमा स्वीकार गर्न कसैलाई आपत्ति नरहेको बताएका छन् ।
जसपा फुटको नजिक पुगेपछि आफु जसपा बाट लगभग अलग भएको भट्टराईले बताएका छन् । यसै बिचमा भट्टराई र प्रचण्डबिच पनि भेट भइसकेको छ ।