काठमाडौं १९ असार । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोकिने जानकारी गराएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यस विषयको जानकारी गराएको हो ।
सम्मेलनमा प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारी भइरहेको भन्दै तयारी सकिएपछि मिति घोषणा हुने बताएकी छन् ।
अमेरिकी राज्य सहायता कार्यक्रम (एसपीपी) सम्झौता बाहिरिएपछि पछिअ देउवाको अमेरिकी भ्रमणको विषयमा टिका टिप्पणी भइरहँदा मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
साथै, उनले एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्राचार गर्न बाँकी रहेको समेत जानकारी दिएकी छन् ।