काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रको आज आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको विरोध भएको छ ।
बैठकमा सुरु भएको प्रदेशगत रिपोर्टिङमा वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले अर्थमन्त्री शर्माको विरोध गरेका हुन् ।
माओवादी केन्द्र देशमा सबैभन्दा बढी अराजक पार्टी भएको भन्दै कोही रोए केन्द्रीय सदस्य पाउने पार्टी पनि माओवादी नै भएको बताए ।
तीन दिन चल्ने बैठकलाई थप दुईदिन बढाएर भएपनि पदाधिकारी फाइनल गर्नुपर्नेमा जोड दिएका उनले भने,’२ दिन बढाएर ५ दिन बनाऔं तर, पदाधिकारी फाइनल गरेर जाऔं,स्थायी कमिटी र पोलिटब्यूरो पनि बनाऔं ।’
हामी जनताका समान्य मुद्दा उठाउन नजान्ने भइसकेको बताएका उनले पार्टीभित्र अन्तर्घात पनि डरलाग्दो रूपमा देखिएको टिप्पणी गरे ।