काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले नेपालमा सबैभन्दा बढी अराजक र भावुक पार्टी माओवादी भएको बताएका छन् ।
आइतबारबाट सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा प्रदेश प्रमुखहरुले समीक्षा गर्ने क्रममा सहयात्रीले यस्तो बताएका हुन् ।
‘यो देशमा भावुक र अराजक पार्टी माओवादीबाहेक कोही भएन,कोही रोइहाले केन्द्रीय सदस्य भइहाल्ने ।’
स्थानीय तहको मोडालिटी पनि माओवादीका लागि राम्रो नभएको बताएका उनले अन्तरघात डरलाग्दो तरिकाले भएका बताए ।
उनले अहिले नै स्थायी कमिटी र पोलिट्ब्युरो चयन गर्न जोड दिँदै सरकार व्यक्तिगत कम्पनी जसरी चलेको आरोप समेत लगाए ।