काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा देखा परेको कमजोरी सुधार गरेर लगे संघ र प्रदेशको चुनावमा माओवादी पार्टी कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् ।
आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुभित्रकै कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्ने बताएका हुन् ।
स्थानीय तह निर्वाचनमा नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको दावी गरेका प्रचण्डले गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको टिप्पणी समेत गरेका छन् ।
माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको परेको आरोप लगाएका उनले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको समेत बताए ।
हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँउनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’ प्रचण्डले भने ।