बिग बोस १४ को फाइनलिस्ट निक्की ताम्बोली कोभिड पोजिटिभ भएकी छिन् । निक्कीले यो खबर सामाजिक सञ्जालमा सेयर गर्दै फ्यानलाई आफू घरमा आइसोलेसनमा रहेको बताएकी छिन् । उनले आफूमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि बताईन् । यसअघि पनि निक्की एक पटक कोभिड पोजिटिभ भइसकेकि थिईन् । उनलाई २०२१ मा पहिलो पटक कोरोना संक्रमण भएको थियो ।
अहिले दोस्रो पटक उनको परीक्षण पोजेटिभ आएको छ । निक्कीले इन्स्टाग्राममा नोट लेख्दै फ्यानलाई यो जानकारी दिएकी हुन् । उनले भनिन्, मलाई गम्भीर लक्षणसहित कोभिड(१९ पोजेटिभ छ। पुष्टि भएपछि आफूलाई क्वारेन्टाइनमा राखेकी छु, जहाँ आवश्यक सबै सावधानी अपनाइरहेको छु। मसँग सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई आफ्नो परीक्षण गराउन विनम्र अनुरोध गर्दछु। जतिसक्दो चाँडो र मानिसहरूलाई मास्क लगाउन र कोभिड प्रोटोकल पालना गर्न आग्रह गर्नुहोस्।
निक्कीको पोस्ट आउनेबित्तिकै फ्यानहरूले कमेन्ट बक्समा उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न थाले। निक्कीसँग खतरों के खिलाडी ११ मा सहभागी अभिनव शुक्ला र विशाल आदित्य सिंहले पनि उनको पोस्टमा कमेन्ट गरेका छन् । जहाँ अभिनवले भने, ओ हो निक्की चाँडै निको होस्। त्यही क्रममा विशालले उनलाई ‘गेट वेल सून’ भनेका छन् ।
बिग बोस १४ मा देखा परेपछि निक्कीले अत्याधिक लोकप्रियता पाइन् र उनी शोमा जनताको मनपर्ने परिवारका सदस्यहरू मध्ये एक थिइन्। यसपछि उनी रोहित शेट्टीको एडभेन्चर शो ‘खतरों के खिलाडी’ को ११ औं सिजनमा देखा परिन् । निक्कीले भारती सिंहको कमेडी शो ‘द खतरा–खत्र शो’ मा पनि आफ्नो उपस्थिति दर्ता गराएकी छिन् ।