काठमाडौं १८ असार । प्रदेश १ की प्रदेश सांसद उषाकला राईले प्रदेश सरकार भ्रष्टाचार र कमिसनले गन्हाउन थालेको बताएकी छन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद राईले प्रदेश सरकार बाहिर, यत्रतत्र, मिडियामा चारैतर्फ डुङडुङ्ती गनाउन थालेको आभास भइरहेको आरोप लगाएकी हुन् ।
‘पैसामा ध्यान गएपछि सबैकुरा बिग्रन्छ भन्छन् । सरकारका मन्त्रीहरुको ध्यान पैसामै गएर बिग्रदै गएको त होइन ? विचौलियाको त सँधै विगबिगी नै हुने भयो,कमिसन र भ्रष्टाचार देखादेखि हुन थाल्यो सरकारलाई लाजसरम छ कि छैन ? !’उनले भनिन् ।
सरकारी पैसा पाँचथर र सोलुका निजी अस्पताललाई करोड करोड विनियोजन आरोप लगाएकी उनले अघि भनिन्,’अघिल्लो सरकारले विशेषज्ञ डाक्टरहरु पहाडी र हिमाली भेगमा जान नचाहने भएकोले हिमाली भेगका लागि ३ सय प्रतिशत, पहाडका लागि २ सय प्रतिशत र तराई क्षेत्रका लागि २ सय प्रतिशतले तलब भत्ता बढाउने निर्णय कार्यान्वयन गर्न माग गरिन् । ‘त्यो फायल क्याबिनेटमा गएर अल्झिएको मैले बुझेको छु । त्यो विषय तत्काल कार्यान्वयन गर्नुपर्यो’ ।
त्यसैगरी बैठकमा प्रदेशसभा सदस्य विन्दिया कार्कीले संसद भवनमा छाता ओड्नुपर्ने र च्याउ उम्रिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।