युरोकपको आजको खेल : युक्रेनको पहिलो जित , पौने १० बजे बेल्जियम र डेनमार्क र पौने १ बजे नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदै — OSNepal

युरोकपको आजको खेल : युक्रेनको पहिलो जित , पौने १० बजे बेल्जियम र डेनमार्क र पौने १ बजे नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदै

LC (KTM) June 17, 2021 0

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आजको पहिलो खेलमा युक्रेन बिजयी भएको छ । उसले नर्थ मेसेडोनियालाई एकका बिरुद्ध दुई गोलले हराएको छ। युक्रेनका लागि एन्ड्रिय यार्मेलेन्को र रोमन यारेमचकले एक एक गोलको योगदान दिए ।

नर्थ मेसेडोनियाका इजियान आलोस्कीले ५७ औँ मिनेटमा सान्त्वना स्वरुप गोल फर्काएका थिए । त्यस्तै आजको दोस्रो र तेस्रो खेलमा बेल्जियम र डेनमार्क तथा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । आजको दोस्रो खेलमा राती पौने १० बजे बेल्जियम र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ ।

रुसलाई हराएके बेल्जियम आज पनि लगातार दोस्रो जित खोजीमा हुनेछ । ३ अंक जोडेको बेल्जियम यस समूहको शीर्ष स्थानमा रहेको छ । आज पौने १ बजे राती हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह सी मा रहेको नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर