काठमाडौं १८ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् ।
शनिबार स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् ।
स्वर्गीय नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकाले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको भन्दै मन्त्री बडुले विश्व विद्यालय स्थापनार्थमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् ।
कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रूपमा पहिलो विश्व विद्यालय स्थापना गरेको उनले बताएका छन् ।