काठमाडौं १८ असार । नेकपा एमालेका नेता विष्णु रिजालले बैकल्पिक व्यवस्था नगरी गरिवका पेटमा लात हान्दा तिनका आशुँले पोल्ने बताएका छन् ।
ललितपुरमा मेयर चिरीबाबु मर्हजनले ठेलामा पानीपुरी बेच्न नपाइने बनाए लगत्तै काठमाडौंका मेयर बालेन साहले तरकारी बेच्ने ठेला गाडालाई प्रतिवन्ध लगाएपछि नेता रिजालले वर्ग दृष्टिकोणका कारणले यस्तो गरेको बताएका हुन् ।
उनले भनेका छन् , ‘वर्ग दृष्टिकोणका कारणले होला- ललितपुरका मेयरले अहिले प्रमुख समस्या ठेलामा पानीपुरी बेचेर जीविका चलाउनेहरू ठाने, काठमाडौंका मेयरले तरकारी बेच्नेलाई ठाने र प्रतिबन्ध लगाए ।
रिजालको ट्वीट वर्ग दृष्टिकोणका कारणले होला- ललितपुरका मेयरले अहिले प्रमुख समस्या ठेलामा पानीपुरी बेचेर जीविका चलाउनेहरू ठाने, काठमाडौंका मेयरले तरकारी बेच्नेलाई ठाने र प्रतिबन्ध लगाए । बैकल्पिक व्यवस्था नगरी गरिवका पेटमा लात हान्दा यिनलाई तिनका आँशुले नपोल्ला ?