काठमाडौं १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको त्रिशूली जोड्ने बाटो मर्मतका लागि आफुले पहल गर्ने बताएका छन् ।
आफ्नै पार्टीका नेता वर्षमान पुन अर्थमन्त्री रहेको समयमा आफ्नै पहलमा बाटो निर्माणका लागि बजेट पारिदिए पनि सडक नबनेको भन्दै चिन्ता व्यक्त गरेका प्रचण्डले अब त्यसको विषयमा पहल गरिने बताएका छन् ।
शुक्रबार नेपाल पर्वतारोहण संघले निर्माण गरेको स्व। प्रकाश दाहालको शालिक अनावरण गर्न ककनी पुगेका प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
वर्षमान पुन अर्थमन्त्री र पोष्टबहादुर बोगटी ऊर्जामन्त्री रहेको समयमा मैले नै बाटोको लागि बजेटको प्रबन्ध गरिदिएको थिएँ , ‘ठेकेदारको लापरबाहीका कारण ठेक्का तोडिएछ । फेरि बनाउनका लागि पहल गर्छु ।’ प्रचण्डले भने ।