काठमाडौं १७ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका छन् । शुक्रबार पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत पुगेका अध्यक्ष थापाले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्नेमा जोड दिएका उनले भने, ‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ ।’
बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबी गरेका उनले भने‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको बताएका छन् । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ’।
नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको भन्दै अध्यक्ष थापाले लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको प्रति आक्रोश पोखेका छन् ।