काठमाडौं १७ असार । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र मन्त्री हेफेरको विषयमा छलफल भएको बताएका छन् ।
मन्त्री हेरफेरको विषयमा छलफल भएपनि कहिले फिर्ता बोलाउने भन्ने निणर्य नभएको अध्यक्ष यादवले बताएका छन् ।
मन्त्रीहरू फिर्ता हुने भनेर पार्टीले निर्णय गरिसकेको भएपनि अब कहिले र कसलाई पठाउने भनेर छलफल भएको उनले बताएका छन् ।
जसपाको तर्फबाट सरकारमा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र यादव र वन मन्त्री रामसहाय प्रसाद यादव सहभागी भएका छन् ।
जसपा पछिल्लो समय फुटको नजिक पुगेको छ ।