काठमाडौं ।
अभिनेता विपिन कार्कीले आफ्नो पारश्रमिक बढाउँदै एउटा व्यावसायिक फिल्ममा काम गरेको ५० लाख लिने बताएका छन् ।बलिउड फिल्म ‘एनिमल’मा अनुबन्धित भए लगत्तै उनको चर्चा थप चुलिएका बेला विपिन कार्कीले आफ्नो पारिश्रमिक बढाउँदै ५० लाख बढाएका हुन् ।
विपिनले फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई हेरेर काम गर्ने र व्यावसायिक हिसाबले पैसा नकमाउने फिल्ममा भने आँफु निशुल्क रुपमा समेत काम गर्न तयार रहने समेत बताए ।
जसको उदाहरण हो फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’मा निःशुल्क अभिनय गरे । यो फिल्मलाई फेस्टिभल लक्षित मानिएको छ । उनले ‘स्क्रिप्ट हेरेर मात्र पारिश्रमिकबारे निधो गर्ने बताउँदै भने त्यसका भूमिका चित्त पनि बुझ्नुपर्यो ।
स्क्रिप्ट भनेजस्तो हुनुपर्यो । आँफु निकै व्यस्त रहेको बताउँदै अभिनेता कार्कीले भने वैशाखसम्मै व्यस्त छु ।आफूलाई फिल्मको प्रशस्तै अफर आएको बताउँदै उनले भने वैशाखपछि पनि दुई फिल्म सेड्युलमा छन् । ‘प्रसाद २’पछि उनी बलिउड फिल्म एनिमलमा व्यस्त हुनेछन् ।