वाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हेरफेरको विषयमा छलफल गर्न सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्दै — OSNepal

वाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हेरफेरको विषयमा छलफल गर्न सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्दै

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । आज दिउँसो सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल विषयमा आज सत्तारुढ पाँचदलीय गठबन्धनको बस्ने भएको हो ।

हाल वाग्मती प्रदेशमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री र छन् । आज बस्ने बैठकमा पाण्डे र भट्टलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल हुने भएको छ ।

नयाँ मुख्यमन्त्रीमा बागमती प्रदेशमा कांग्रेसले र सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । शुक्रबार बैठक बस्ने भनिएपछि समय भने निर्धारण भइनसकेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जनाएका छन् ।

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर