स्वाथ्य उपचार पछि अर्जुननरसिंह केसी घर फर्किए, एक साता भेटघाट नगर्न चिकित्सकको सुझाव — OSNepal

स्वाथ्य उपचार पछि अर्जुननरसिंह केसी घर फर्किए, एक साता भेटघाट नगर्न चिकित्सकको सुझाव

LC (KTM) July 01, 2022 0

काठमाडौं १७ असार । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी स्वाथ्य उपचार पछि बिहीबार साँझ घर फर्केका छन्।

मुटुको चालमा समस्या देखिएपछि असार १३ गते ह्याम्स अस्पताल भर्ना गरिएको
केसीको असार १४ गते मुटुमा पेसमेकर ९मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र० राखिएको छ ।

उपचार पछि चिकित्सकहरूको निगरानीमा राखिएको केसीलाई एक साता भेटघाट नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

केसीका भाई एवं कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अर्जुननरसिंहको स्वास्थ्यमा सुधार भइरहेको र घर फर्किएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर