काठमाडौं १७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको तर्फबाट नयाँ मन्त्रीको सुची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । निकट स्रोतका अनुसार अध्यक्ष यादवले सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई हटाएर सुशीला श्रेष्ठको नाम सिफारिस गरेका छन् ।
श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन् । भने राई बाबुराम भट्टराई निकट मानिए पनी मन्त्री हेरफेर र पार्टी फुटको विषय बाहिर आएपछि राई यादति तिर लागेका छन् । भने यादव पनि आफ्नो पक्षमा बहुमत जुटाउन भएपनि गैर सांसद श्रेष्ठको नाम मन्त्रीको लागि सिफारिस गरेका हुन् ।
सोमबार राति बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई मन्त्री हेरफेर गर्ने अधिकार दिएपछि यादव मन्त्री हरेफेरको विषयलाई लिएर दौडधुप गरिरहेका हुन् ।
साथै,वन तथा वातावरण मन्त्री रामसहाय यादवको स्थानमा डा। सूर्य नारायण यादवको नाम सिफारिस गरिएको छ । कृषि तथा पशुपालन मन्त्री महेन्द्र राय यादव स्थानमा डा। सुरेन्द्र यादव, भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवको स्थानमा मोहम्मद इस्तियाक राईको नाम मन्त्रीको लागि सिफारिस गरिएको छ ।
पार्टीका चर्चित प्रदीप यादव, मृगेन्द्र यादव, रामबाबु यादव लगायत नेताहरुको नाम भने मन्त्रीको सुचीमा परेको छन ।