यस्तो छ आजको तरकारीको तथा फलफूल मूल्य, पिँडालु प्रतिकेजी ४० रुपैयाँ — OSNepal

यस्तो छ आजको तरकारीको तथा फलफूल मूल्य, पिँडालु प्रतिकेजी ४० रुपैयाँ

LC (KTM) July 01, 2022 0

काठमाडौं, १७ असार:

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शुक्रबार० का लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ । यस्तै, ठूलो भारतिय गोलभेँडा ११० रुपैयाँ रहेको छ ।

रातो आलु मुडेको ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज पनि ३८ रुपैयाँ नै रहेको छ । लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ काउली ३०, मुला लोकल ५०, भन्टा १५ रुपैयाँ रहको छ ।

यसैगरी, तनेबोडी २० रुपैयाँ, घिउसिमी ५० रुपैयाँ राजमान ९० रुपैयाँ, चिचिन्डो १५, घिरौला २५, पाकेको फर्सी ३० रुपैयाँ भिन्डी १५ रुपैयाँ रहेको छ ।
पिँडालु ४० रुपैयाँ रायो साग ६० रुपैयाँ प्रतिकेजी रहेको विकास समितिले विवरणमा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर