काठमाडौं १६ असार । नेकपा एमाले सांसद डा भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक माग गरेका छन् ।
बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’ रावलले भने ।
७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै रावलले यो देशको गृह मन्त्रालय कहाँ छ रु भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ ? परराष्ट्र नीति कहाँ छ ?’
शरणार्थी अर्काको देशमा पठाउन नपाइने बताएका उनले भने,‘कि हवाई जहाजबाट आउनुप¥यो । नभए भारतबाट आउँछन् । शरणार्थी अर्काको देशमा पठाउन पाइँदैन । अनि कसरी नेपालमा आए ?’