पार्टी फुटको नजिक पुग्दा अल्पमतमा बाबुराम भट्टराई ,अब यिनको राजनीतिक यात्रा कता ? — OSNepal

पार्टी फुटको नजिक पुग्दा अल्पमतमा बाबुराम भट्टराई ,अब यिनको राजनीतिक यात्रा कता ?

LC (KTM) June 30, 2022 0

काठमाडौ १६ असार । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.
बाबुराम भट्टराई यतिबेला आफ्नै पार्टीमा अल्पमतमा परेका छन् ।

पार्टी फुटको सघांरमा पुगेपछि उनलाई साथ दिँदै आएका पार्टीका कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाललगायतले साथ छोडेपछि भट्टराई अल्पमतमा परेका हुन् ।

उनीहरु सबैले अध्यक्ष उपेन्द्र यादवको साथ दिएका छन् । के हि समय अगाडी अध्यक्ष यादवले बोलाएको कार्यकारीणी बैठकमा भट्टराई पक्षका नेता सहभागी भएपछि यादवको पक्षमा बहसमत पुगेको बताइएको थियो । यता स्थानीय चुनाव अगावै आफ्नो पक्षमा बुहमत पुर्याउन हस्ताक्षर संकलन गर्दै हिडेका बाबुरामले भने चुनावै लगत्तै हस्ताक्षर अभियानलाई जारी राखे ।

४० प्रतिशत पुर्‍याएर भए पनि पार्टीबाट अलग हुने अध्यक्ष भट्टराईले सोचलाई राजनीतिक दल दर्तासम्बन्धी ऐनले विफल बनायो कारण राजनीतिक दल दर्तासम्बन्धी ऐन निष्क्रिय भएको छ । सो ऐनलाई सक्रिय बनाउन बाबुराम प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह सम्म पुगेका थिए ।

तर त्यसमा देउवाले बाबुरामको साथ दिएनन् । योसँगै नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको विषय महत्व पाएपछि जसपामा पनि मन्त्री यस विषयले चर्चा पाउन थाल्यो जसको कारण बाबुराम पक्षमा नेता यावल पक्ष तिर थाउन थाले ।

त्यसपछि अध्यक्ष यादवले तत्कालै कार्यकारिणी समितिको बैठक बोलाएर आवश्यकता अनुसार मन्त्री फेरिने निर्णय गरे । अल्पमतमा बाबुराम परेपछि उनका स्वकीय सचिव रोशन पोखरेलले सामाजिक सञ्जाल मार्फत ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ नेपाली राजनीतिको विकृति ।’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर