काठमाडौं १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा नेताहरुले संसद अवरोध गर्दा जनताको कुरा राख्न नपाएको बताएका छन् ।
बिहिबार संसदमा भवनमा आयोजित ६४ औं संसद दिवसका अवसरमा आयोजित
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता खनालले यस्तो बताएका हुन् ।
संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताएका खनालले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।
संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको भन्दै उनले एमालेलाई लक्षित गर्दै भने ।