काठमाडौं १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार यही वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
बिहिबार ६४ औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको बताएका देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको भन्दै देउवाले नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताए ।