काठमाडौं १६ असार । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाको संस्थापन इतर समूहको बैठक बस्ने भएको छ । बैठक आज बिहिबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भएको हो ।
प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालाई दबाव बढाउने रणनीतिका साथ आज कोइरालाले आफुपक्षीय नेताहरुको बैठक बोलाएका हुन् । पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा बैठकमा छलफल हुने भएको छ ।
देउवाले भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको कोइराला पक्षले आरोप लगाएको छ ।