नेपाल आयल निगमले आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै — OSNepal

नेपाल आयल निगमले आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै

LC (KTM) June 29, 2022 0

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राखेर ऋण लिने भएको छ । निगमले अब २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ भने त्यसमा अर्थ मन्त्रालय जमानी बस्ने सहमति भएको बताइएको छ ।

अर्थ मन्त्रालयले निगमलाई काठमाडौंको टेकुस्थित मुख्यालयले चर्चेको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति दिएको हो । अर्थमन्त्री जर्नादन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु, अर्थ, उद्योग र वाणिज्य मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र निगमका कार्यकारी निर्देशक सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई धितोमा ऋण प्रवाह गर्न निर्देशन समेत दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर