नेपाली फिल्म कबड्डी ४ ले नेपालमा मात्र नभएर बिश्वभर नै राम्रो सफलता प्राप्त गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापान जस्ता देशमा प्रर्दशनमा आईसकेको यस फिल्मले अझै छलाङ मार्ने देखिएको छ । किनकी ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।
यो नेपाली फिल्मी इतिहासकै पहिलो पटक हुन लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जनाउ दिईसकेको छ । भारतका ७० सहरमा पीभीआरका १७० भन्दा बढी पर्दाहरु रहेका छन् । भारतमा धेरै संख्यामा नेपालीभाषी रहेकाले उक्त बाहुल्यता भएका सहरस्थित मल्टिप्लेक्समा ‘कबड्डी ४’ रिलिज हुनेछ ।
यता नायिका र लामाबीचको बिबादका कारण भारतको सिक्किममा भने यो फिल्म लाग्ने छैन । त्यहाँ बाहकेका भारतीय राज्यमा ‘कबड्डी ४’ रिलिज हुन लागेको हो । डेढ करोड रुपैयाँको प्रदर्शन अधिकारसहित भारतलाई राइट बिक्री गरिएको बताइएको छ ।