लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट बाहिरियो , मृत्युको कारण यस्तो रहेछ — OSNepal

लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट बाहिरियो , मृत्युको कारण यस्तो रहेछ

LC (KTM) June 28, 2022 0

केहि दिन अघि आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिर्पाेट आएको छ । हत्या हो या आत्महत्या भन्ने बिषयमा प्रहरी नै दोधारमा रहेका बेला पोष्टमार्टम रिर्पाेट बाहिर आएको हो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट बारे चिकित्सकले प्रहरीलाई जानकारी दिई सकेका छन् ।

बिशेष स्रोतका अनुसार पोष्टमार्टम रिर्पाेटले आत्महत्या नै हो भन्ने संकेत दिएको छ । अनुषन्धान प्रभावित हुने देखिए पछि प्रहरीले पोष्टमार्टम रिर्पाेट सार्वजनिक गरिहालेको छैन । यद्यपी प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गौतम मिश्रले पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताएका छन् । रिर्पाेटले उनको मृत्यु घाँटी थिचिएर नभएको देखाएको छ ।

शरीरमा अन्यत्र पनि कुनै चोटपटक नदेखिएकोले पनि झुण्डिएरै आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनले आफ्नो मृत्यु हुनु भन्दा अगाडी आएका कुराहरु पत्ता लगाउनका लागि भिसेरा चेकको तयारी भईरहेको बताईएको छ । शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर