झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल — OSNepal

झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

LC (KTM) June 28, 2022 0

काठमाडौं, १४ असार :

झापा क्षेत्रमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर