काठमाडौं १३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केपी शर्मा ओलीको कार्यकालमा जस्तो भ्रष्टाचार कहिल्यै नभएको आरोप लगाएका छन् ।
सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक’ अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।
शोधनान्तर घाटाको प्रणेता केपी ओली र युवराज खतिवडा भएको प्रचण्डको दावी छ । साथै, सोही कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र संकटउन्मुख हुनुमा वर्तमान सरकारको मुख्य कारक रहेको बताएर बाहिरिएपछि प्रचण्डले यस्तो बताएका हुन् ।