काठमाडौं :
रणवीर कपुर अहिले आफ्ना दुई नयाँ फिल्मको प्रमोशनमा व्यस्त छन् । उनको फिल्म ‘ब्रह्मास्त्र’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए भने ‘शमशेरा’ को ट्रेलरले पनि फ्यानहरुमा थप उत्साह भरेको छ । यी दुवै फिल्ममा रणबीर कपुर निकै फरक र जबरदस्त भूमिकामा देखिनेछन् । यस बाहेक उनी यसै वर्ष आलिया भट्टसँगको विवाहको बारेमा पनि निरन्तर चर्चा गरिरहेका छन् ।
यसैबिच रणवीरले आफुले आफ्नी ‘पहिली श्रीमती’लाई नभेटेको बताएका छन् । तपाई सोचिरहनु भएको होला कि रणवीर कपुरले आलिया भट्ट भन्दा अगाडि कोसँग बिहे गरेका थिए रु यहाँ कुरा वास्तवमा रणवीरको फ्यानको बारेमा हो। रणवीर आफैंले एक अन्तर्वार्तामा यस अतरंगी फ्यानको बारेमा बताए । रणवीर कपुरले अन्तर्वार्तामा आफ्नो सबैभन्दा पागल फ्यानको कथा सुनाए ।
रणवीरले भने कि वर्षौं पहिले उनको घरमा एउटी केटी आएकी थिइन् र उनको घरको गेटमा विवाह गरेकी थिईन् । रणवीरले भने, ‘एउटी केटी थिइन् र मैले उनलाई कहिल्यै भेटेको छैन । तर मेरो पहरेदारले पण्डितसँग आएर मेरो घरको गेटमा बिहे गरेको बताए । गेटमा खोप थियो र केही फूलहरू पनि झुण्डिएका थिए।
उनले थप भने, मैले पहिलो श्रीमतीलाई भेटेको छैन, तर जीवनको कुनै न कुनै मोडमा भेट्ने आशामा छु । रणवीर कपुरले १४ अप्रिलमा आलिया भट्टसँग विवाह गरेका थिए । विवाहअघि दुवैले पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए । यो वर्ष यो जोडी पहिलो पटक फिल्ममा सँगै देखिने भएको छ । दुवै जना अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा सँगै देखिनेछन् । यसमा उनको साथमा अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि रहनेछन् । ब्रह्मास्त्र सेप्टेम्बर ९ मा रिलिज हुँदैछ ।