काठमाडौं :
फिल्म ‘नाइँ नभन्नु ल’को छैटौं सिरिजमा दुई नयाँ बाल कलाकारको मुख्य भूमिका हुने भएको छ । फिल्ममा टिकटकबाट चर्चा कमाएकी आठ वर्षीया बालिका एभेलिना खड्का र निखिल उप्रेती तथा सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्वले अभिनय गर्ने भएका छन् । टिकटकमा एभेलिनाका १ लाख ११ हजार फलोअर्स छन् ।
टिकटक पोस्टको कारण एभेलिना सँधै चर्चामा रहेकी छन् । अथर्वलाई फिल्म खेलाउन निर्देशक आचार्यले सञ्चिता र निखिललाई प्रस्ताव गरेपछि उनीहरु सकरात्मक रहेको बताइएको छ ।फिल्मका निर्माता एवं निर्देशक विकासराज आचार्यले एभेलिनासँग सम्झौता भइसकेको बताएका छन् ।
आँचल शर्मा र डेब्यु गर्ने तयारीमा रहेका आशीर्वाद बराल पनि फिल्ममा फाइनल भइसकेका छन् । फिल्म दशैंपछि छायांकनमा जाने बताइएको छ ।