काठमाडौं १३ असार । सत्ता गठवन्धन दलका शिर्षनेताहरु बिच भेटवार्ता भएको छ । नेकपा (माओवादी केन्द्र), का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका वीचमा भेटवार्ता भएको हो ।
शिर्ष तिन नेताहरुबिच ललितपुर हात्तिवनस्थित उपेन्द्र यादवको निवासमा भेटवार्ता सुरु भएको छ । केहि बेर अगाडी मात्र सुरु भएको भेटवार्ताको विषयमा भने गोप्य राखिएको छ । केहि दिन यता यी तिन शिर्ष नेताहरु बिच भेटघाट बाक्लिएको छ ।
नेकपा एसले आइतबार मन्त्री हेरफेरको विषय टुंगो लगाएपछि जसपा र माओवादीमा पनि मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएको छ ।
निकट स्रोतका अनुसार तिन शिर्ष नेताहरुबिच अहिले संघ प्रदेशको चुनावको गठबन्धन देखि कांग्रेससँगको सिट वाँडफाँड देखि नयाँ समाजवादी केन्द्र निर्माण सम्मका विषयमा छ लफल भइरहेको बुझिएको छ ।