हाकु काले अर्थात सौगात मल्लका यी २ फिल्म दुई दिन पनि टिकेनन् हलमा — OSNepal

हाकु काले अर्थात सौगात मल्लका यी २ फिल्म दुई दिन पनि टिकेनन् हलमा

LC (KTM) June 26, 2022 0

हाकु काले अर्थात सौगात मल्ल अभिनित चलचित्र घनचक्कर सुपर फ्लप भएको छ । उनी अभिनित फिल्म कबड्डी ४ बक्स अफिसमा धमाल मच्चाई रहे पनि ब्यपार गर्न नसक्दा २ दिनमै हल बाट फिल्म आउ भएको छ । उनको घनचक्करले पाँच लाख रुपैयाँ पनि कमाउन नसकेर दुई दिनमै हलबाट हट्नु परेको छ । फिल्मले दुई दिनमा पाँच लाख रुपैयाँ ग्रस कमाएको छ । योसँगै फिल्मलाई मल्टिप्लेक्सले हलबाट हटाइदिएका छन् ।

वितरक सुनिल मानन्धरले घनचक्कर दुई दिनमै हलबाट ‘साफ’भएको जानकारी दिए । यस फिल्मको लगानी नै १ करोड रुपैया रहेको थियो । तर फिल्मले डिजिटल राइट र हल दुबै तर्फबाट मात्र १० लाख कमाउन सकेको हो । यसरी तुलनात्मक अध्ययन गर्दा निर्माताले ९० लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । उनको अघिल्लो फिल्म ‘मन्त्रले पनि खासै कमाई गर्न सकेको थिएन । यो फिल्म पनि २ दिनमै पत्तासाफ भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर