हामी संगै सुतेका थियौ , तर राती ब्युँझदा उनी झुण्डिएको देखे पछि कोठाबाट म भागे– लोक दोहोरी गायिका दिलमाया हत्या आरोपी श्रेष्ठ — OSNepal

हामी संगै सुतेका थियौ , तर राती ब्युँझदा उनी झुण्डिएको देखे पछि कोठाबाट म भागे– लोक दोहोरी गायिका दिलमाया हत्या आरोपी श्रेष्ठ

LC (KTM) June 26, 2022 0

लिभ इन रिलेसनमा बसेका सुर्य श्रेष्ठमाथि लोक दोहोरी गायिका दिलमाया सुनारको हत्याका बिषयमा अनुषन्धान जारी रहेको छ । अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ हत्या वा आत्महत्या भन्ने बिषयमा टुंगोमा पुग्न सकेको छैन । काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका सुनारको हत्या आरोप लागेका सुर्यले भने प्रहरी समक्ष दिलमाया संगै रात बिताएको स्वीकार गरेका छन् ।

श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्वीकार गरेता पनि  उनले आत्महत्या गरेको दावी गरेका छन्। सुरुमा राती १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि  सँगै सुतेको स्वीकारेको प्रहरीले दावी गरेको छ । दिलमाया संगै सुतेका सुर्यले आफु ब्युँझदा उनी झुण्डिएको अवस्थामा देखेपछि उनलाई भुँईमा झारेर आफु राती नै त्यहाँबाट भागेको प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा बयान दिएका छन् ।

दिलमाया सलमा झुन्डिएको भन्दै उक्त सल आफुले राती नै फ्याँकेको पनि बताएका छन् । प्रहरीका अनुसार दिलमायाको घाँटीमा निलडामबाहेक अन्य चोटपटक छैन। त्यसैले झुण्डिएको हो या झुण्ड्याईएको हो भन्ने निष्कर्ष निस्किसकेको छैन । उसो त दिलमायाको फेसबुक अकाउन्टमा शुक्रबार राती आफु मर्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकी छिन् ।

यसले पनि प्रहरीलाई दोधार सिर्जना गरिदिएको छ ।‘हत्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु मर्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आत्महत्या भनौँ भने सँगै सुतेका व्यक्ती राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर