काठमाडौं १२ असार । थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीको अगुवाइमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० भन्दा बढीको संख्यामा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने क्रममा लक्ष्मण थारु अब देशको भाग्य र भविष्य यही पार्टीले बनाउने दावी समेत गरेका छन् ।
यसरी पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी रहेका छन् ।
पार्टीं प्रवेश गर्नेमा क्रममा उनले रेशम चौधरी निर्दोष भएको भन्दै टिकापुर घटनाको वास्तविक दोषीलाई लुकाएर निर्दोष रेशम चौधरीलाई फसाएको आरोप समेत लगाएका छन् ।
आफू बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको बताएका उनले पार्टीमा आफुले र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत बताएका छन् ।
हाल रेशम चौधरी कारागार जिवन बिताइरहेका छन् ।