काठमाडौं १२ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई कमजोर ठानेकाले नेकपा एमाले पतनको बाटोतिर लागेको बताएका छन् ।
आइतबार पार्टी निकट महिलाहरुको संगठन अनेमसंघ (समाजवादी) को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमाले थप साइजमा आउने भन्दै एमालेको आरालो यात्रा अझै नरोकिने दावी गरेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीले मलाई कमजो ठानेकाले एमालेले अहिलेको अवस्था भोग्नुपरेको हो ‘ नेपालले भने ।
अब पनि एमाले नेतृत्व नसुध्रिए एमालेलाई पतन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।