काठमाडौं १२ असार । नेकपा एमालेकी सासंद कलिला खातुनले नेपालले श्रीलंकाबाट पाठ सिक्नु पर्ने बताएकी छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खातुनले देशलाई कंगाल बनाएर जसरी श्रीलंकामा नेतालाई कुटपिट गरिएको समाचार बाहिर आएको छ । त्यसैगरी, त्यो दिन नेपालमा नआओस् भन्दै उनले पाठ सिक्नु पर्ने बताएकी हुन् ।
‘श्रीलंकामा सरकार र नेताहरूले देशलाई कंगाल बनायो भनेर लखेटीलखेटी पिटेको न्युजमा देखेका छौं, यो दिन नेपालमा पनि नआओस् । आउन सक्दैन भन्न चाहन्छु,’ सांसद खातुनले भनिन् ।