काठमाडौं १२ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठवन्धनले पार्टीलाई अवमूल्यन र अपमान गरेपनि गठवन्धनलाई
निरन्तरता भने दिने बताएका छन् ।
आइतबार पार्टीनिकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केही समस्या भए छलफल गरेर अघि बढ्छौँ । अहिलेको उपलब्धी सानो ठान्न हुँदैन ‘नेपालले भने ।
स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा पार्टीले हार व्योहोर्नु परेको बताएका उनले निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा पनि विद्रोह गर्नुपरेको
बताएका छन् ।
साथै, कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एमालेभित्र व्यक्तिको मूल्यांकनमा बेवास्ता भएपछि आफुहरुले विद्रोह गर्नुपरेको बताएका उनले केपी ओलीको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न निकै गार्हो भएको अनुभव समेत बताएका छन् ।
एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभएपनि ओली दक्षिणवादी भाँसमा भासिन थालेको यस्तो अवस्था आएको नेपालले बताएका छन् ।