काठमाडौं १२ असार । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रविन्द्र मिश्रले आफुले पदबाट राजीनामा दिएपनि राजनीतिमा टाढा नभएको बताएका छन् ।
स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि पदबाट राजीनामा दिएको बताएका उनले राजनीतिबाट राजीनामा नदिएको बातएका छन् ।
सामाजिक सञ्जाल मार्फत जानकारी गराएका मिश्रले लेखेका छन्,
‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ ।स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो– राजनीतिबाट होइन । पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु ।’
‘राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।
विवेकशील साझा पार्टीमा अझै १६३ जना केन्द्रीय सदस्यहरू रहेको उल्लेख गर्दै मिश्रले उनीहरूले पार्टीलाई अगाडि लैजाने विश्वास व्यक्त गरेका छन् ।’
मिश्रले लेखेका छन्;
मौनता र राजनीति
मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ ।
स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो– राजनीतिबाट होइन । पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु ।
राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।
कसरी त्यो सम्भव होला भन्ने मन्थन मैँ छु । मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुनेनै छु ।
सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ । अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरी नै रहनेछु ।