योग्यता र क्षमता भन्दा पनि ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायक्षेत्रमा विकृति र विसंगति भित्रिएको हो' — OSNepal

योग्यता र क्षमता भन्दा पनि ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायक्षेत्रमा विकृति र विसंगति भित्रिएको हो’

LC (KTM) June 26, 2022 0

काठमाडौं १२ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले न्यायपालिकामा न्यायाधीश प्रक्रिया नै गलत ढंगबाट भइरहेको बताएका छन् ।

न्यायाधीश नियुक्ति प्रकृया नै न्यायक्षेत्रमा विकृति र विसंगतिको सुरुवात विन्दु भएको
बताएका उनले योग्यता क्षमता र र उसले सम्पादन गरेको कामहरू नहेरी ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायालय सुधार हुन नसकेको बताएका हुन् ।

आइतबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताएका हुन् । ‘न्यायधीश नियुयक्ति गर्दा योग्यता क्षमता र उसले सम्पादन गरेको कामहरू नहेरी तेरो वा मेरो मान्छे भन्दै नियुक्त गर्दा न्यायालमा राजनीतीकरण भएको हो,’ उनले भने ।

न्यायपरिषदले न्यायधीश नियुक्तिका लागि निर्देशिका तयार गरिसकेको जानकारी समेत दिएका उनले न्यायपरिषद्ले न्यायधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार पाराएको बताएका छन् ।

यही हप्ता राजपत्रमा प्रकाशित गरिने बताएका उनले भने , ‘न्यायाधीश नियुक्ति गर्दा पब्लिक अडिटको काम हुनेछ ।’ गएको हप्ता सार्वजनिक भएको न्यायाधीश र वकिलको अडियो प्रकरणलाई छानबिन गर्न न्यायाधीश रामप्रसाद श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली गठन भएको मन्त्री कोइरालाले जानकारी दिएका छन् ।

उक्त प्रतिवेदन सार्वजनिक हुनासाथ आवश्यक कारबाही न्याय परिषद्बाट अघि बढ्ने उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर